फोहोर बोकेर जाँदै गरेको टिपर दुर्घटना,दुई जनाको मृत्यु

काठमाडौं,१० पुस । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक शुक्रवार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

फोहर बोकर पासाङल्यामु मार्ग हूँदा नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ना२क ३३८ नंको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानाकारी दिए ।

उनको अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here