नेशनल लाइफ इन्स्योरेन्सको ३० औं साधारणसभा

काठमाडौं, १७ चैत । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३० औं साधारणसभा वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले ४१ करोड रुपैंया खुद मुनाफा गरेको बताइन् । उक्त आर्थिक वर्षमा कम्पनीले पाँच सय ६ करोड बीमा शुल्क संकलन भएको र एक सय ६९ करोड दावी भुक्तानी गरेको पनि उनले जानकारी दिइन ।

यसै गरी आ.व. २०७३/७४ को अन्त सम्ममा कम्पनीको कुल लगानी १९.४२ प्रतिशतले वृद्धि भई १६ अर्ब ९६ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले वृद्धि भई २०७४ असार मसान्त सम्ममा १७ अर्ब २९ करोड पुगेको जनाइएको छ ।

कम्पनीको कूल चुक्ता पूँजी ३ अर्ब भन्दा बढी रहेको र शाखाहरु विस्तार गरी थप सेवा दिन प्रयत्नशील भएको कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सभाले आ.व. २०७३/७४ को लागि चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश एक करोड ८८ लाख पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here