उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

फाइलफोटो

काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बाग्लुङ महोत्सवमा भाग लिन गृह जिल्ला पुगेको ढकाललाई जिल्ला संघले गरेको प्रस्तावको समर्थन गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् । ढकाल यसअघि देखि नै महासंघको बरिष्ठ उपाध्यक्षमा बलियो दावेदारको रुपमा हेरिएका थिए ।

महासंघको हालको विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकै आधारमा शेखर गोल्छा महासंघको आगामी अध्यक्ष हुँदैछन् । आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा हालका अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठ र किशोर प्रधानले पनि दावी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here