सेञ्चुरी बैंकका ग्राहक र शेयरधनीलाई ब्लु क्रसमा सहुलियत

काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंकका ग्राहर र शेयरधनीले काठमाण्डौंको ब्लु क्रस अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् ।

बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनीलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र ब्लु क्रसका कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले आइतबार हस्ताक्षर गरे ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here