नेपाल रोड रेसिङ च्याम्पियनसिपको उपाधी राजकुमार र रोशनलाई

काठमाडौं, १३ पुस । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् ।

कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् ।

२ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे ।

पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे ।

काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ भएको थियो ।
मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए ।

प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here