हावाहुरीबाट बारा पर्सामा २७ को मृत्यु, मृतक परिवारलाई ३ लाख दिने सरकारको घोषणा

सांकेतिक तस्वीर

काठमाडौं, १८ चैत । आइतबार साँझ बारा पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेहरुको संख्या यकिन भएको गृह मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार हावाहुरीबाट २७ जनाको मृत्यु भएको तथ्यांक आएको हो ।

त्यस्तै ५ सय भन्दा बढी घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ । जसमध्य गम्भिर रुपमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको सुवेदीले बताए ।

बाँकी घाइतेहरुको नेशनल मेडिकल कलेज वीरगञ्ज, गण्डक अस्पताल,वीरगञ्ज हेल्थ केयर, एडभान्स अस्पताल, कलैया अस्पताल तथा तराइ अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीबाट भएको उद्योग व्यवसाय तथा अन्य क्षतीको भने बिबरण आइनसकेको मन्त्रालयले जानकारी दिएको छ । आइतबार राती बारा र पर्सामा आठ बजेबाट करिव आधा घण्टा हावा हुरी चलेको थियो ।

यसैबीच प्रदेश नम्बर २ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here