काठमाडौं, १४ पुस । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा.लि.ले आफ्नो १९ औ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना ल्याएको छ।
यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले प्रतिमहिना एक हजार ४० रुपैयाँको २५ एबीपीएस इन्टरनेटर फूल एचडी प्याकेच, दुई सय २१ रुपैयाँको प्रतिमहिनामा क्लिर टिभी वेसिक प्लस प्याकेजका साथै दामी म्युजिकको प्रिमियर प्याकेजको सब्स्क्रिपसन ३ महिनाको लागि निशुल्क अफरच्यूनिटी योजना ल्याएको हो।
यस्तै क्लिर टिभी प्याकेज ९२४५ भन्दा बढी च्यानल, ६५ भन्दा बढी एच डि च्यानल० मात्र २ सय २१ मा प्राप्त गर्न सकिने र यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्ने छन्। जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। उक्त अफर सिमित अवधिका लागी मात्र लागू हुने कम्पनीको भनाइ छ।


























