जगदगुरु श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबालाई धरौटीमा छाड्न आदेश

सुनसरी, १४ पुस । बलात्कारको आरोपमा पक्राउ परेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई न्यायाधीश राधाकृष्ण उप्रतीको इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

उनीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेकी थिईन् । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लगाउँदै बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सिद्धबाबालाई शुक्रबार अस्पतालको आइसियुबाटै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here