सुनको मूल्य पुरानो रेकर्डमा,तोलाको कति ?

काठमाडौं, १५ पुस । मंगलवार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

सोमवार प्रतितोला ७३ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्यमा मंगलवार प्रतितोला २ सय रुपैयाँ बढ्दै ७३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँ बढेको छ । यो सँगै सुनको मूल्यले पुरानो रेकर्डलाई छोएको छ । यसअघि प्रतितोला ७३ हजार ५ सय पुगेको सुनको उच्च मूल्यलाई मंगलवार दुईसय बढेर छोएको हो ।

सोमवार प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार २ सय रुपैयाँ बढ्दै प्रतितोला ७३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य पनि बढ्यो ।

सोमवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार प्रतितोला १० रुपैयाँ बढ्दै ९०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here