सानिमा बैंकको ‘डबल सौगात’

काठमाडौं, १५ पुस । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष २०२०को अवसरमा विशेष योजनास्वरुप आफ्ना सेवाहरुमा विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि आफ्नो डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शूल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा सय रुपैयाँ बराबर नेपाल टेलिकम वा एनसेलको टपअप पाउने भएका छन् । यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७ गते) सम्मका लागि लागू गरिएको बैंकले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here