हिमालय आबुधाबी जाँदै, सातामा तीन उडान

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय एयरलाइन्स हिमालय एयरलाइन्सले युएईको आबुधाबी शहरमा उडान सुरु गरेको छ ।

एअरलाइन्सले साताको तीन दिन काठमाडौं देखि अबुधाबी उडान भर्नेछ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौैं र आबुधाबीबीच सीधा उडानको सुरुवात गर्न पाउँदा आफू एकदमै उत्साहित भएका बताए ।

उडान उद्घाटनको क्रममा हिमालय एयरलाइन्सको एचनाइन ५६७ विमान काठमाडौंबाट आइतबार राती ९ बजेर ३० मिनेटमा १४८ यात्रु सहित आबुधाबीको लागि उडेको थियो ।

आबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको विमानले फर्कदा १५० यात्रु लिएर सोमबार बिहान ८ः४१ मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ ।

एयरलाइन्सले युएईका लागि स्थानीय बजार व्यवस्थापनको लागि फिशटेल ट्राभल एण्ड टुरिजमलाई एजेन्ट नियुक्त गरेको छ ।

एयरलाइन्सले प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्वारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार उडान भर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here