मलेसियामा श्रमिकको तलब वृद्धि,लाखौँ नेपाली कामदार लाभान्वित

काठमाडौं, १६ पुस । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको पारिश्रमिक वृद्धि भएको छ ।

सरकारले अघि सारेको नीतिसँगै मलेसियाको मानव संसाधन मन्त्रालयले जनवरी १ देखि नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक बढाएको हो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट (करिब ३३ हजार नेपाली रुपैयाँ) पाउनेछन् ।

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट (लगभग ३० हजार नेपाली रुपैयाँ) पाउदै आएका थिए । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाउनेछन् ।

वृद्धि भएको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुनेछ । मलेसियाली मिडिया इन्टेल एसियाका अनुसार न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ ।

ती शहरहरुमा जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट छन् ।

त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन, निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।

त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलबमान लागू हुने छ ।

हालको सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।

कठिन काम

मलेसियामा चौकीदारी वा सुरक्षा गार्डका लागि जाने नेपालीको संख्या अत्याधिक छ। यसैगरी विभिन्न गार्मेन्ट फ्याक्ट्री, केमिकल्स कम्पनी तथा अन्य चुनौतीपूर्ण काममा पनि उनीहरू खटिएका छन्।

मलेसियाको आधुनिक विकास र आर्थिक वृद्धिदरको तुलनामा श्रमिकको ज्याला न्यून छ भने ओभरटाइमको लोड एकदमै बढी छ।

नेपाली सुरक्षा गार्डलाई १२ घण्टे ड्युटी तोकिएको छ। अन्य देशमा बेसिक तलवमा दैनिक ८ घण्टामात्र काममा लगाउन पाइन्छ तर मलेसियामा ओभरटाइमसमेतको गणना गरेर दिनहुँ १२ घण्टा काममा लगाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here