काठमाडौं, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।
अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रूपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रति लिटर १०० रूपैयाँ पर्नेछ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।