नयाँ एसयूभी ‘पुमा’ ल्याउँदै फोर्ड, इकोस्पोर्ट भन्दा महंगो

अमेरिकी कार निर्माता फोर्डले नयाँ एसयूभी ‘पुमा’ बजारमा ल्याउने तयारी गरिरहेको छ ।

नयाँ एसयूभी ‘पुमा’ एसयूभी इकोस्पोर्ट भन्दा आकारमा केही ठुलो र केही महंगो हुने पनि कम्पनीले जानकारी दिएको छ ।

अर्को साता नेदरल्याण्डमा हुने कार्यक्रममा फोर्डको ‘पुमा’ सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।

४.२ मिटर लम्बाइ रहने एसयूभी ‘पुमा’ लेटेस्ट जेनेरेशन फोर्ड फिएस्टाको प्लेटफर्ममा तयार हुनेछ । पुमा १.० लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिनमा उपलब्ध हुनेछ ।

फोर्डको नयाँ एसयूभी अन्तराष्ट्रिय बजारमा आँउदो वर्षबाट बिक्री गरिने जनाइएको छ ।

अर्काे साता हुने कार्यक्रममा नयाँ एसयूभी ‘पुमा’ सँगै फोर्ड फोकस र फिएस्टाको नयाँ माइल्ड हाइब्रिड भर्सन पनि सार्वजनिक गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here