ह्वाट्सअपमा आएको नक्कली म्यासेजले आर्मी अफिसरको ४० हजार चट्

काठमाडौं । अनलाईन ठगीका विभिन्न प्रकारका घटनाहरु आजभोली धेरै नै सुनिन्छ । नक्कली म्यासेज गरेर विभिन्न प्रकारका प्रलोभन देखाएर ठग्ने प्रवृत्ति बढ्दै गएको छ ।

यस्तो घटनामा प्राय सोझा मानिसहरु नै फस्ने गरेका छन् । तर, यस्तो घटनामा भर्खरै एक आर्मी अफिसर पनि फसे । यो घटना हाम्रै छिमेकी राष्ट्र भारतको हो ।

भारतको महाराष्ट्र थानाका ५३ वर्षीय आर्मी अफिसरको ह्वाट्सअपमा आएको नक्कली म्यासेजले ४० हजार रुपैयाँ गुमेको छ । आर्मी अफिसरले प्रहरीलाई बताए अनुसार डिसेम्बर ६ तारिखको दिन उनलाई ह्वाट्सअप एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो ।

‘म अमेरिकामा बस्छु, आज मेरो बहिनीको मुटुको अप्रेशन छ म यस्तो समस्यामा फसेको छु कि, यस अवस्थामा म पैसा पठाउन सक्दिन् तपाईंले यो नम्बरमा ४० हजार रुपैयाँ पठाईदिनु भयो भने मेरो बहिनीको ज्यान बच्छ, बरु म तपाईंलाई केही समयपछि ५० हजार रुपैयाँ नै पठाईदिन्छु’।

अफिसरका अनुसार उनलाई यो म्यासेन १ घण्टाको बिचमा ४ पटक सम्म आएको थियो । उनले अन्त्यमा त्यो नमबरमा ४० हजार रुपैयाँ पठाए ।
उनलाई यो नक्कली हो भन्ने कुरा त्यो समयमा थाहा भयो की फेरी एकपटक यस्तै बाहाना बनाएर त्यही नम्बरबाट २० हजार रुपैयाँ मागियो ।

उनले त्यो घटनापनि पुलीसमा रिपोर्ट पनि लेखाए । प्रहरीले वर्तमान समयमा त्यो मानिसको खोजी भईरहेको बताएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here