किन रोकियो बामदेव गौतमको राष्ट्रिय सभा सांसद बन्ने बाटो ?

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रस्तावित पार्टी उपाध्यक्ष बामदेव गौतमले सांसद बन्न अस्वीकार गरेका छन् ।

प्रतिनिधिसभा सांसद बन्न पटक-पटक लविङ गर्दै आएका गौतमले राष्ट्रियसभाका सांसद बन्न भने मानेनन् । नेकपा श्रोतका अनुसार पार्टी सचिवालयले उनलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन चाहेको थियो ।

तर,राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान नभएका कारण गौतमले सांसद बन्ने चाहान राखेनन् । नेपालको संविधानमा राष्ट्रिय सभाको सदस्य मन्त्री हुन पाउने तर प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरेको छ ।

अध्यक्षद्धय केपी ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल पनि गौतमलाई उम्मेदवार बनाउन तयार थिए । सचिवालयका सबै नेताहरु गौतमलाई उम्मेदवार बनाउन तयार हुँदा पनि अन्तिम नामावलीमा भने उनको नाम समावेश भएन् ।

राष्ट्रियसभाका सांसदले प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्ने हो भने मात्र आफू सांसद बन्न सक्ने बताउँदै अस्वीकार गरेको स्रोतको दाबी छ ।

गौतमले बर्दिया–१ बाट प्रतिनिधि सभाको निर्वाचन नेपाली कांग्रेसका सञ्जय गौतमसँग हारेका थिए । कांग्रेसका सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत ल्याएका थिए भने वामदेव गौतमले ४४ हजार ७६ मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here