काठमाडौँ, १८ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४३ अंकले बढेर ११४९.९९ पुगेको छ ।
सो दिन १७१ कम्पनीका १२ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै होटल समूहको सूचक ३३.६७ अंकले बढेको छ । निर्जिवन बीमा समूहको २९.७ र बैंकिङ समूहको १०.१५ अंकले बढेको छ ।
त्यस्तै विकास बैंक, जलविद्यूत, वित्त, लघुवित्त समूहका सूचकमा पनि वृद्धि भएको छ भने उत्पादन र अन्य समूहको परिसूचक भने घटेको छ ।
सोमबार सबैभन्दा धेरै एनआईसी एसिया बैंकको दुई करोड २० लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा प्रभु बैंकको दुई करोड ११ लाख रुपैंया बराबरको कारोबार भयो ।