खै बुटिक एयरपोर्ट ?

काठमाडौं, १९ पुस । करीव डेढ वर्ष अगाडी सरकारले २५ करोड रुपैयाँभन्दा बढी विनियोजन गर्दै भन्यो, त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गरिदैछ ।

तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीबाट भएको यो घोषणामा उनको भन्दा बढी चासो प्रधानमन्त्री केपी शर्मा ओलीको थियो ।

किनकी यो शब्दावली नै प्रधानमन्त्रीले ल्याएका हुन् । प्रधानमन्त्रीका चासो अनुसार त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्ने करोडौंको योजना भने उपलब्धी बीनाको चर्चामा सिमित छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार विमानस्थलमा गौतमबुद्धको एक मुर्ति अनावरण गरे ।

जहाँकी यसको तयारीका शुरुवाती चरणमा भनिएको थियो, १ जनवरीबाटै त्रिभुवन विमानस्थल बुटिक एयरपोर्टका रुपमा परिणत भइसक्छ ।

यहाँका सबै संरचना मौलिक शैलीमा निर्माण हुन्छन् । पाहुनाले विमानस्थल छिर्नासाथ नेपालीपनःको झल्को पाउँछन् । तर, नेपालीपनः अहिले पनि वेथितिमा मात्र सिमित छ ।

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा मात्र पो सिमित हुन्छ की ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here