सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७५ हजार नाघ्यो

काठमाडौं, २० पुस । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आइतवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेसंगै सुनको मूल्य हालसम्मकै महङ्गो भएको हो ।

शुक्रवार प्रतितोला ७४ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्यमा आइतवार प्रतितोला एक हजार रुपैयाँ बढ्दै ७५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँ बढेको छ । शुक्रवार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् ।

आइतवार चाँदीको मूल्य प्रतितोला ९०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here