शेयर बजारमा उछाल, नेप्से १६ अंकले बढ्दा ७१ करोडको कारोबार

काठमाडौं, २० पुस । साताको पहिलो दिन नै शेयर बजारमा उछाल देखिएको छ ।

आइतवार नेप्से परिसूचक १६.०९ अंकले बढेर १ हजार १ सय ८२.३१ अंकमा पुगेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.३८ प्रतिशत बढी हो ।

आइतवार ‘क’ वर्गका कम्पनीका मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखिएको छ । सेन्सेटिभ इन्डेक्स ३.५१ अंकले बढेर २ सय ५५.६९ अंकमा पुगेको छ ।

आइतवार सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक २.४० प्रतिशत बढ्यो ।

त्यस्तै, बैकिङ्ग समुहको १.६२ प्रतिशत, जीवन बिमा समुहको १.४३ प्रतिशत, निर्जीवन बिमा कम्पनीको १.३१ प्रतिशत, विकास बैंकको १.२२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

आइतवार कारोबारमा पनि निकै सुधार आएको छ । १ सय ७३ कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता शेयर किनबेच हुँदा ७१ करोड २३ लाख ५७ हजार रुपैयाँको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै वमी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । वमीको शेयर मूल्य ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ९.५४ प्रतिशत, श्रीराम सुगर मिलको ७.६९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्सका शेयर धनी छन् । नेपाल फाइनान्सको शेयर मूल्य ५.५३ प्रतिशत बढ्यो । त्यस्तै, कर्पोरेट डेभलभमेन्ट बैंकको ५.२१ प्रतिशत बढ्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट कम्पनीले गरेको छ । कम्पनीले ५ करोड ६२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here