इन्टरनेट प्रयोगकर्ता २ करोड नाघे, ७० प्रतिशतमा ब्रोडब्यान्डको पहुँच

काठमाडौं, २१ पुस । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड नाघेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार २ करोड ७ लाख मानिसको पहुँचमा इन्टरनेट पुगेको छ ।

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या उच्च बनेको रिपोर्टमा जनाईएको छ ।

जसले गर्दा नेपालका ७० प्रतिशत जनसंख्यामा ब्रोडब्यानड इन्टरनेट सेवा पुगेको छ । फिक्सड् ब्रोडव्यान्ड अन्तर्गत एडिएसएल, केबल, फाइबर टुदि होमका सेवाग्राही ४३ लाख ९१ हजार पुगेका छन् ।

त्यस्तै मोबाइल ब्रोडव्यान्ड तर्फ थ्रिजी, फोरजी मार्फत इन्टरनेट चलाउने १ करोड ४१ लाख छन् । फिक्सड् ब्रोडव्यान्ड वायरलेसमा भने १ लाख ४७ हजार सेवाग्राही रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय इन्टरनेट सेवाप्रदायक कम्पनीले समेत ग्राहक बढाउदै गएका छन् । फाइबरबाट सेवा लिने झन्डै १५ प्रतिशत पुगिसकेका छन् ।

तर एउटै व्यक्तिले मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले इन्टरनेट प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

उपत्यका क्षेत्रमा प्राय सबैको घरमा एफटिटिएच जडान गर्ने गरेका छन् । इन्टरनेट सेवाप्रदायकको चर्को प्रतिस्पर्धा टेलिकम कम्पनीको डेटाबाट आउने आम्दानीमा गिरावट हुँदै गएको छ ।

सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ । मोबाइल इन्टरनेटको सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here