उपत्यकाका भाटभटेनीले तीन वर्षदेखि महानगरको कर तिरेनन्

फाइलफोटो

काठमाडौं, २१ पुस । विगत तिन आर्थिक वर्षदेखि महानगरमा सञ्चालित कुनैपनि भाटभटेनी सुपर मार्केटले कर नतिरेको महानगरले बताएको छ ।

काठमाडौं महानगर राजस्व विभागका अधिकारी नुरनिधि न्यौपानेका अनुसार भाटभटेनीलाई पटकपटक आफ्ना सम्पूर्ण विवरण प्रस्तुत गर्न भन्दा पनि उसले कुनै प्रतिक्रिया जनाएको छैन ।

‘हामीले पटक पटक आफ्नो सम्पूर्ण विवरण प्रस्तुत गर्नुस् भनेर खबर गरेको छौं,’ उनले भने, ‘तर, उताबाट कुनै प्रतिक्रिया आएको छैन् ।’

अहिले काठमाडौंमा आठ वटा भाटभटेनीका आउटलेट सञ्चालनमा छन् । तर, तीन वर्षदेखि कुनै पनि भाटभटेनीले कर तिरेका छैनन् ।

न्यौपानेका अनुसार भाटभटेनीले तिर्नुपर्ने करको रकम कति छ भन्ने हिसाबकिताब नै भएको छैन ।

‘हामीलाई भाटभटेनीले सम्पूर्ण विवरण दिएको छैन । त्यो हेरेपछि मात्र तिर्नुपर्ने रकम, करको दायरा आदि बारे भन्न सकिन्छ,’ उनले भने, ‘उहाँहरु विवरण नै दिनुहुन्न हामी कसरी भन्ने यति नै भाटभटेनीले दिनुपर्छ भनेर ।’

महानगरले पटकपटक भाटभटेनीलाई विवरण बुझाउन ताकेता गरेपनि उसले बुझाएको छैन । तर, उसलाई के कारबाही गर्ने भन्नेमा समेत महानगर अनभिज्ञ छ ।

यद्यपि चाँडै त्यसबारेमा निर्णय लिइने र आवश्यक परे कडा कमद समेत चालिने उसको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here