शेयर बजारः नेप्से साढे १८ अंकले बढ्दा ८४ करोडको कारोबार

काठमाडौं, २१ पुस । शेयर बजार उत्साहजनक रुपमा बढेको । सोमवार नेप्से परिसूचक १८.२६ अंकले बढेर १ हजार २००.६९ सय अंकमा पुगेको छ । यो संख्या आइतवारको तुलनामा १.५४ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर २ सय ६०.६७ अंकमा पुगेको छ ।

सोमवार ट्रेडिङ समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक १.७८ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै बैकिङ्ग समुहको सूचक बढ्यो । बैंकिङ्ग समुहको सूचक २.४६ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्त समुहको १.९७ प्रतिशत, सामुहिक लगानी कोषको १.६५ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सोमवार कारोबारमा पनि निकधै सुधार आएको छ । सोमवार १ सय ७८ कम्पनीको २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर किनबेच हुँदा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै ओमी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । ओमीको शेयर मूल्य ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, एनएमबी लघुवित्त वित्तीय संस्थाको ७.१४ प्रतिशत, माहुली सामुदायीक लघुवित्त वित्तीय संस्थाको ६.३० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेको इन्स्योरेन्स कम्पनीका शेयर धनी छन् । नेको इन्स्योरेन्सको शेयर मूल्य ४.९४ प्रतिशत घट्यो । त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनीको ३.७७ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ३.७३ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकले गर्यो । बैंकले ८ करोड ४७ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here