यातायात व्यवसायीको प्रतिबद्धता, देखिएला चालक-सहचालकको व्यवहारमा ?

काठमाडौं, २१ पुस । यातायात व्यवसायीले सार्वजनिक सवारीसाधान सञ्चालनका सम्बन्धमा १९ बुँदे प्रतिबद्धता जनाएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी महासंघ, मजदुर ट्रेड युनियनलगायत सरोकारवालाबीच लिखित प्रतिबद्धता भएको हो ।

प्रतिबद्धता ७ दिनभित्र कार्यान्वयन हुनेछ। कार्यन्वयन भए/नभएको अनुममन गर्न महाशाखाका उपरिक्षक एसपी राजकुमार वैदवारको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी/प्रालिका प्रतिनिधीहरु रहने गरी ८ सदस्यीय समिती गठन गरेको छ।

आइतबार सर्वपक्षीय छलफलपछि लिखित प्रतिबद्धतामा चालकले मोबाइल चलाउन नपाउने देखि जुत्ता अनिर्वाय लगाउनै पर्ने नियमहरु रहेका छन् ।

अन्य प्रतिबद्धता तोकिएको भाडा दरमात्र लिने, ढाको खुल्ला गरी गाडी नचलाउने, आरक्षण सिटको पालना गर्ने, झ्याल र सिटको अवस्था ठीक राख्ने, गाडीको रंगरोगन दुरुस्त राख्ने जनाइएको छ ।

यस्तै क्षमताभन्दा बढी यात्रु नबोक्ने, चालक तथा सहचालकले यात्रुहरुलाई राम्रो व्यवहार गर्ने, नियमपूर्वक सवारी चलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, गाडी चलाउँदा मोबाइल प्रयोग नगर्ने, तोकिएको स्थानमा मात्र यात्रु चलाउने र ओराल्ने, चालक र सहचालक भद्र हुनुपर्नेलगायतका प्रतिवद्धता पनि जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here