आँधीहुरी प्रभावितलाई उद्योग वाणिज्य महासंघको ५० लाख राहत

तस्वीर स्रोत: चन्द्र घिमिरेको फेसबुक

काठमाडौं, १८ चैत । आइतवार साँझको विनासकारी आँधीहुरीबाट पीडित बारा र पर्सा जिल्लाका जनताको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले ५० लाख रुपैयाँ बराबरको राहत पठाउने निर्णय गरेको छ ।

सोमबार विहान बसेको महासंघ केन्द्रीय समिति बैठकले तत्कालका लागि त्यति परिमाणको सहयोग पठाउने निर्णय गरेको हो । विपत्तिको यस घडीमा महासंघको प्रदेश नंबर २ च्याप्टर, त्यस क्षेत्रका महासंघ सदस्य र बारा र पर्साका उद्योग वाणिज्य संघहरुलाई पनि अग्रभागमा रहेर जनताको सेवामा लाग्न उसले अपील गरेको छ ।

आँधीहुरीमा परी हालसम्म २७ जनाले ज्यान गुमाइसकेका छन् भने ५०० जना घाइते भएका छन् । घाइतेको बारा, पर्सा, मकवानपुर, चितवन र काठमाडौंका अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिउँसो आँधीहुरी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उनले कलैयास्थित अस्पतालमा पुगेर पीडितसँग भेट समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here