हावाहुरी प्रभावितलाई उद्योग वाणिज्य महासंघले ५० लाखको राहत पठाउने

नेपाल उद्योण वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी प्रभावित जनताको लागि तत्काल ५० लाख रुपैंया बराबरको राहत सामग्री पठाउने भएको छ ।

महासंघको सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । आइतबार साँझ अकस्मात आएको विनाशकारी हावाहुरी र वर्षातबाट बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

हावाहुरी र वर्षातको कारण २७ जनाको मृत्यु भयो भने ५ सय भन्दा धेरै घाइते भएका छन् ।

महासंघले हावाहुरीमा परि ज्यान गुमाएकाहरुको आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै महासंघले मृतात्माहरुको चीर शान्तिको कामना समेत गरेको छ ।

महासंघले विपत्तिको यस घडीमा प्रदेश २ च्याप्टर, त्यस क्षेत्रका महासंघका सदस्य, बारा र पर्सा उद्योग वाणिज्य संघहरूलाई अग्रभागमा रहेर जनताको सेवामा लाग्न अपिल समेत गरेको छ ।

हावाहुरी प्रभावितका लागि अन्य विभिन्न संघसंस्थाले समेत राहत संकलन र वितरणको काम सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here