धुम्मियो काठमाडौं, कस्तो रहन्छ आगामी तीनदिन ?

काठमाडौं, २३ पुस । देशभरको मौसममा बदली भएको छ ।

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण बुधबार देशका केही भागमा हल्का वर्षा र केही ठाउँमा मौसम बदली रहने पर्ने मौसमविद्ले बताएका छन् ।

पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। यस्तै, पूर्व, पश्चिम र मध्य क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना पनि रहेको छ। शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।
बुधबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ। पूर्वी भू-भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।

शुक्रबार

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here