सेयरमा लगानी गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् सफलताको मन्त्र

सामान्यतया शेयर बजारमा लगानी गर्ने कुनै नियम हुदैन । तर, अपवादको रूपमा केहि सिद्धान्त भने भेटिन्छन् ।

सहि स्थानमा लगानी गरी उचित प्रतिफल प्राप्त गर्न ती सिद्धान्तहरू धेरै महत्वपूर्ण मानिन्छन् । दीर्घकाल सम्म लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न लगानी गर्ने क्षेत्रको वास्तविक अवस्था पत्ता लगाउनुपर्छ ।

लगानीमा दीर्घकालिन सफलता कसरी पाउने भन्ने विषयमा निम्न उपायहरू उपयोगी हुन सक्छन ।

घटेको शेयर बिक्री तथा बढदो शेयर खरिद गर्नुपर्छ

समय वित्दै जाँदा लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल (मुनाफा) प्राप्त गरिरहेका हुन्छन् । तर, सबै लगानीमा हरसमय मुनाफा नै प्राप्त हुन्छ भन्ने पनि हुदैन ।

लगानीको उचित प्रतिफल प्राप्त गर्नकालागि लगानीकर्ताले नियमित लगानी गरेको कम्पनीको वित्तीय अवस्था लगायतको अध्ययन गर्नुपर्दछ । त्यसकै आधारमा लगानी गर्ने कम्पनीको छनोट गर्नुपर्छ ।

कतिपय लगानीकर्ताले शेयर मूल्य घटेको समयमा पनि कुनै दिन पुनः बढने आशमा उक्त कम्पनीका शेयर होल्डिङ् गरिरहेका हुन्छन् । यो उचित होईन । यस्तो प्रवृतिले लगनीकर्तालाई कहिलेकाँही नोक्सान पनि हुन सक्छ ।

त्यसैले निरन्तर घट्दो क्रममा रहेको शेयर बिक्री गर्नुपर्छ भने बढदो क्रमको शेयर खरिद गर्नुपर्छ ।

प्रमाणित नभएका कुराको पछि नलाग्नुस

विभिन्न व्यक्तिहरूले तपाईंलाई विभिन्न किसिमका सल्लाह दिन सक्छन् । सबैले राम्रो सल्लाह नै दिन्छन भन्ने पनि हुदैन । त्यसैले अरूले भनेकै भरमा शेयर खरिदबिक्री नगर्नुहोस ।

तपाईंलाई कसैले कुनै कुराको जानकारी दियो भने त्यसको वास्तविक तथ्य पत्ता लगाई त्यसको आधारमा निर्णय लिनुहोस । लगानी गर्नु अघि कहाँ र किन लगानी गर्दै हुनुहुन्छ सो कारण पत्ता थाहा पाउनुपर्छ । शेयरमा गरिने लगानी पनि एक प्रकारको जुवा जस्तै हो । यसमा भाग्यले पनि साथ दिनुपर्छ ।

हुनत अरूले दिएका सुझावहरू सबै काम नलाग्ने हुदैनन् । तर त्यस्ता सुझावहरूले तपाईंलाई जानकार लगानीकर्ता बनाउन सहयोग गर्दैन । यसबाट दीर्घकालिन रूपमा तपाई सफल लगानीकर्ता हुने सम्भावना धेरै कम देखिन्छ । त्यसैले अरूको भनाईलाई जस्ताको तस्तै विश्वास नगर्नुहोस ।

दीर्घकालमा केन्द्रीत हुनुहोस

आज तपाईले पाएको सफलता नै विगतमा तपाईले गरेको लगानीको प्रतिफल हो । यदि तपाईले भविष्यमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने आजैदेखि सो क्षेत्रमा लगानी शुरू गर्नुहोस ।

अर्थात लगानी गर्दा अल्पकाल भन्दा पनि दीर्घकाललाई लक्षित गर्नुपर्छ । अल्पकालिनमा प्राप्त लगानी क्षणीक हुन्छ । त्यसैले दीर्घकालमा राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।

लगानी गर्दा जहिलेपनि उक्त कम्पनीको भविष्यलाई ख्याल गरेरमात्र लगानी गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here