सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौं, २३ पुस । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ ।

बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेर फेरि नयाँ रेकर्ड कायम हो ।

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य अहिलेसम्मकै महँगो हो । यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here