ओरालो लाग्यो शेयर बजार, नेप्से साढे ७ अंकले घट्दा ७३ करोडको कारोबार

काठमाडौं, २३ पुस । सोमवार र मंगलवार उत्साहजनक रुपमा बढेको शेयर बुधवार पुनः ओरालो लागेको छ । बुधवार नेप्से परिसूचक ७.३२ अंकले घटेर १ हजार २ सय ९.६० अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.५० अंकले घटेर २ सय ६३.३१ अंकमा झरेको छ ।

बुधवार बैकिङ्ग, ट्रेडिङ, विकास बैंक, होटल, जलविद्युत, निर्जीवन बिमा र जीवन बिमा समुहको सूचक घट्यो भने फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक १.३३ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङ समुहको १.१२ प्रतिशत र बैकिङ्ग समुहको १.०२ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै फाइनान्स समुहको सूचक बढ्यो । फाइनान्स समुहको सूचक ०.९६ प्रतिशत बढ्यो । त्यस्तै, सामुहिक लगानी कोषको ०.९० प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

मंगलवारको तुलनामा बुधवार कारोबारमा पनि कमी आएको छ । मंगलवार १ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा बुधवार १ सय ७२ कम्पनीको २१ लाख ८५ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ८ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । समता लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, ओमी लघुवित्त वित्तीय संस्थाको ९.६८ प्रतिशत, रिलायन्स फाइनान्सको ८.९६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा लुम्बिनी विकास बैंकका शेयर धनी छन् । लुम्बिनी बैंकको शेयर मूल्य ७.३५ प्रतिशत घट्यो । त्यस्तै, अरुण कावेली पावरको ४.२० प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै करोबार ओमी लघुवित्तले गर्यो । ओमीले ७ कारोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here