अवैध गिट्टी-बालुवा उत्खननको विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या

काठमाडौं, २५ पुस । अवैध गिट्टी बालुवा उत्खनन्‌को विरोध गर्दै आएका युवकलाई ट्रिपरले किचेर हत्या गरिएको छ।

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध बालुवा उत्खननको विरोध गरेको आरोपमा २४ वर्षीय छोरा दिलीपकुमार महतोलाई समातेर ट्रिपरले किचेर हत्या गरिएको हो ।

शुक्रवार बिहान ४ बजे साथी रोशन यादवसँग मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो। उनलाई अवैध बालुवा उत्खननको विरोध गरेका कारण उत्खननमा संलग्न मजदुरहरुले नै ट्रिपरको टायरमुनि हालेको स्थानीयले दावी गरेका छन् ।

यहाँ स्थानीय नदीमा केही समयदेखि अवैध बालुवा उत्खनन भइरहेको थियो । नदी किनारमै घर भएका महतोले यो उत्खननको विरोध गर्दै आइरहेका थिए । शुक्रबार बिहान पनि उनले उत्खननको विरोध गरेका थिए ।

महतोको हत्याको विरोधमा अहिले स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here