१३.७२ अंकले नेप्से बढ्दा बजारमा उत्साह, ५० करोडको कारोबार

काठमाडौँ, १९ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.७२ अंकले बढेर ११६३.४७ पुगेको छ ।

परिसूचकमा १.१९ प्रतिशतले वृद्धि हुँदा मंगलबार १६९ कम्पनीका १८ लाख ९३ हजार कित्ता शेयर किनबेच भए । सोमबार ३५ करोड २८ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार बढेर ५० करोडको कारोबार भएको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ३८.८६ अंकले बढेको छ । त्यस्तै होटल समूहको सूचक २०.०१ अंकले र बैंकिङ समूहको १९.६७ अंकले बढेको छ ।

विकास बैंक, वित्त समूह, उत्पादन, लघुवित्त र अन्य समूहको सूचक बढ्दा जलविद्यूत र निर्जीवन बीमा समूको सूचक घटेको छ ।

मंगलबार सबैभन्दा धेरै एनसीसी बैंकको चार करोड रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा एनआईसी एसिया बैंकको तीन करोड ७७ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here