बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको लबिङ, अर्थसमितिलाई लेख्यो चिठी

काठमाडौं २६, पुस । वाणिज्य बैंकहरुलाई सेयर ब्रोकर लाइसेन्स दिन माग गर्दै बैंकर्स संघले अर्थसमितिलाई पत्र लेखेको छ । संघ वाणिज्य बैंकहरुको छाता संगठन हो ।

बैंकलाई लाइसेन्स दिने सम्बन्धमा चौतर्फी विरोध भइरहेको समयमा संघले अर्थसमितिलाई यस्तो पत्र लेखेको हो ।

कानूनी रुपमा अहिले वाणिज्य बैंकहरुले सेयर ब्रोकरको रुपमा काम गर्न पाउँछन् । यही कानूनी आधारमा रुपमा नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्सका लागि आवेदन आब्ह्रान गरेको थियो ।

सोही आब्हान अनुसार १ दर्जन वाणिज्य बैंकहरुले नेप्सेमा आवेदन दिइसकेका छन् । सोही समयमा सरकारको अर्थसमितिले तत्काल ब्रोकर लाईसेन्स वितरण नगर्न नेप्सेलाई निर्देशन दियो । त्यसपछि नेप्सेले सो प्रक्रिया रोकेको छ ।

उता अर्थसमितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उपसमिति गठन गरेको छ । सोही समितिलाई पत्र लेख्दै बैंकर्स संघले बैंकहरुलाई सेयर ब्रोकर दिन माग गरेको हो ।

पत्रमा बैंकहरुमा संस्थागत सुशासन राम्रो रहेको, पुँजीगत आधार बलियो रहेको, सूचना प्रविधि राम्रो रहेको र कुसल रुपमा डीपी सेवा दिइरहेको उल्लेख छ ।

Finance Committee (Broker License)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here