एनएमबीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश

काठमाडौं, २६ पुस । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने भएको छ ।

बैंकको हालै बसेको २४औँ वार्षिक साधारण सभाले बोनस सेयर र नगद लाभांस दिने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट पवनकुमार गोल्यान, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिशकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोनलाई निर्वाचित गरेको छ ।

हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here