प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, विपक्षमा तीन मत

काठमाडौं, २७ पुस । प्रदेश ३ को स्थायी राजधानी हेटौँडा नै कायम भएको छ ।

आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो। राजधानी कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमा मत विभाजन हुँदा हेटौँडाको पक्षमा दुई तिहाई पुगेको हो।

हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त)ले मत दिएका थिए।

प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको छ। प्रदेशसभामा कायम ११० सदस्यमध्ये मतदानमा १०८ जना सहभागी थिए।

काभ्रेको पक्षमा विवेकशील दलबाट रमेश पौडेल, विराजभक्त श्रेष्ठ र साझा पार्टीकी शोभा शाक्यले मत दिएका थिए। विवेकशील र साझाले प्रदेशको नाममा भने समर्थन गरेका छन्।

प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान छ ।