शेयर बजारमा उछाल, नेप्से साढे ४२ अंकले बढ्दा १ अर्ब ३३ करोडको कारोबार

काठमाडौं, २७ पुस । साताको पहिलो दिन शेयर बजारमा उछाल देखिएको छ ।

आइतवार नेप्से परिसूचक ४२.६१ अंकले बढेर १ हजार २ सय ५५.७२ अंकमा पुगेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशत बढी हो ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले बढेर २ सय ७२.७३ अंकमा पुगेको छ ।

आइतवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक ८.१७ प्रतिशत बढ्यो ।

त्यस्तै, जीवन बिमा समुहको ६.८६ प्रतिशत, लघुवित्तको ६.५५ प्रतिशत, होल समुहको ३.९९ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकमले बढ्यो ।

आइतवार कारोबारमा पनि उछाल नै आएको छ । १ सय ७९ कम्पनीको ३३८ लाख ३१ हजार ५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार ४ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । मेरो लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सुर्य लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । अन्य कम्पनीको पनि शेयर मूल्य राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिडी जलविद्युत विकास कम्पनीका शेयर धनी छन् । रिडी जलविद्युतको शेयर मूल्य ४.१६ प्रतिशत घट्यो । अन्य कम्पनीको भने सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । इन्स्योरेन्सले ५ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here