महाकाली नगरक्षेत्र भित्रका सबै विद्यालयमा बिदा

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाले सितलहर र जाडो अत्याधिक बढेपछि दुई दिनका लागि नगर क्षेत्र भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

अत्याधिक चिसोको कारण बिद्यार्थीहरुलाई बिद्यालय आवतजावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले यही पुस २८ गते र २९ गते दुई दिनसम्म सबै विद्यालय बन्द गर्न नगरकार्यपालिका कार्यालयले निर्णय गरी सूचना प्रकाशित गरिएको मबहाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरी ओझाले जानकारी दिनुभयो ।

माघ १ गते सार्वजनिक बिदा रहेकोले त्यसपछि मौसममा केही सुधार आएमा बिद्यालय सञ्चालन गरिने तर मौसममा सुधार नआएमा अर्को सूचना जारी गर्ने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here