शेयर बजारः नेप्से १५ अंकले बढ्दा १ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २८ पुस । साताको दोस्रो दिन पनि शेयर बजारमा हरियाली देखिएको छ । सोमवार नेप्से परिसूचक १५.१४ अंकले बढेर १ हजार २ सय ७०.८६ अंकमा पुगेको छ ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ३.५५ अंकले बढेर २ सय ७६.२८ अंकमा पुगेको छ ।

सोमवार बैकिङ्ग, ट्रेडिङ, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बिमा, अन्य, जीवन बिमा र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो भने लघुवित्त र उत्पादन तथा प्रशोधन समुहको सूचक घट्यो ।

सोमवार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक ४.९४ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको ३.६६ प्रतिशत, फाइनान्स समुहको १.८३ प्रतिशत, बैकिङ्ग समुहको १.३३ प्रतिशत बढ्यो भने अन्य समुहको सामामन्य अंकले बढ्यो ।

सोमवार १ सय ८३ कम्पनीको ५५ लाख १८ हजार ६ सय ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.८७ प्रतिशत बढ्यो बढ्यो । त्यस्तै, सानिमा माई हाइड्रोपावरको ९.७८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । सिभीलको शेयर मूल्य ५.९८ प्रतिशत घट्यो । त्यस्तै, गाणपति लघुवित्त वित्तीय संस्थाको ५.७० प्रतिशत, विजय लघुवित्त वित्तीय संस्थाको ५.४७ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार नेपाल दूरसञ्चार कम्पनीले गर्यो । दूरसञ्चार कम्पनीले ६ करोड ४ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here