इन्भेष्टमेन्ट बैंकले सीटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने, सीटीको सेयर कारोबार रोक्का

काठमाडौं २८, पुस । इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले सीटी एक्सप्रेस फाइनान्स कम्पनी प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यसकालागि सोमबार दुबै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर (एमओयु) भएको छ । यसअघि एस डेमलपमेन्ट बैंक र जेविल्स फाइनान्स गाभिसकेको इन्भेष्टमेन्ट बैंकले फेरी नयाँ संस्था किन्न लागेको हो ।

यो सँगैसीटी फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सोमबार देखि सेयर कारोबार रोक्का गरेको हो ।

हालको सीटी एक्सप्रेस यसअघि विगतमा समस्याग्रस्त फाइनान्स कम्पनी हो । सो कम्पनीलाई सीटी ग्रुपले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको थियो । दुई संस्थाबीच प्राप्तिको सहमति भएपनि सेयर मिलान अनुपान (स्वाप) डीडीएले तय गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here