शेयर बजारः नेप्से साढे ७ अंकले घट्दा १ अर्ब २ करोडको कारोबार

काठमाडौं, २९ पुस । निरन्तर बढ्दो क्रममा रहेको शेयर बजार साताको तेस्रो दिन भने ओरालो लाग्यो । मंगलवार नेप्से परिसूचक ७.४८ अंकले घटेर १ हजार २ सय ६३.३८ अंकमा झरेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स २ अंकले घटेर २ सय ७४.२८ अंकमा झर्यो ।

मंगलवार ट्रेडिङ, होटल, विकास बैंक, फाइनान्स र अन्य समुहको सूचक बढ्यो भने बैकिङ्ग, जलविद्युत, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बिमा र समुहिक लगानी कोष समुहको सूचक घट्यो ।

मंगलवार सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ९.१५ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको १.३८ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.१० प्रतिशत घट्यो ।

मंगलवार १ सय ८३ कम्पनीको ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २ करोड ६४ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । कर्पोरेशनको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, रिङरङ जलविद्युत विकास कम्पनीको पनि शेयर मूल्य १० प्रतिशत नै बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावरका शेयर धनी छन् । दिव्यश्वरीको शेयर मूल्य ८.६२ प्रतिशत घट्यो । त्यस्तै, वरुण हाइड्रोपावर कम्पनीको ६.३१ प्रतिशत, सप्तकोशी विकास बैंकको ६.१२ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गर्यो । बैंकले ११ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here