एक सिक्काले परिवर्तन गरेको आवाज विहिनको जीवन

काठमाडौं । तपाईं पूर्ण रुपमा सामान्य हुनुहुन्छ ? तर एकदिन अचानक आफ्नो आवाज गुमाउनु भयो भने के होला ? तपाईंले जतिसुकै बोल्ने कोसिस गरेपनि गलाबाट आवाज ननिस्किँदा कस्तो महसुस हुन्छ होला ?

वर्षौंपछि चमत्कारिक रुपमा अचानक आफ्नो आवाज फिर्ता पाउनुभयो भने तपाईं कत्तिको खुसी हुनु होला ? ठिक यस्तै भयो म्यारी म्याकार्डीलाई ।

उनी एक पटक विरामी परेपछि आवाज नै निकाल्न सकिनन् । र १२ वर्षसम्म एक आवाज विहीन मान्छेको रुपमा बाच्दैगर्दा एकदिन अचानक आवाज फर्कियो ।

‘विरामी परेपछि आवाज नै गायब भयो’

फेब्रुअरी सन् १९७० मा म्यारी १२ वर्षकी थिईन् । लण्डनको चिसो मौसम छोडेर उनी आफ्नो परिवारसंग लण्डनबाट अष्ट्रेलिया गईन् । बिस्तारै उनी त्यहाँको भाषा सिक्दै थिईन् ।

एकदिन विहान उनलाई अलि असहज भएको अनुभव भयो । उनलाई एक हप्तासम्म घाँटीमा समस्या देखियो, र ज्वरो पनि निरन्तर आइरह्यो ।

उनले आवाज निकाल्ने कोशिस गरिन तर उनको आवाज नै निस्कीएन् । छ महिनासम्म कोशिस गर्दा पनि आवाज ननिस्किएपछि उनी आत्तिन् । र उनले स्विकार गरिन् उनको आवाज अब निस्कदैन् ।

मानसिक रोगीको अस्पताल पुगिन् म्यारी

आवाज ननिस्किएपछि म्यारी एक्लि भईन् । हरेक समय चिन्तामा नै रहिन् । १४ वर्षको उमेरमा उनले आत्महत्याको प्रयास पनि गरिन् । यसकारण उनलाई मानसिक अस्पताल लगियो ।

त्यो समय उनलाई एउटा सामान्य अस्पतालमा लगिएन्, त्यसको साटो मानसिक रोगीहरुको विद्यालयमा भर्ना गरियो । उनी ६ महिनासम्म सबै मानिसहरुभन्दा टाढा बसिन् ।

उनलाई आफू पुनः बोल्न सक्छु जस्तो लागिरहन्थ्यो । तर यस्तो भएन र म्यारीले बिस्तारै बिस्तारै आफू अब कहिले पनि बोल्न नसक्ने कुरा स्विकार गरिन् ।

जीवनको सत्यलाई स्वीकार गर्दै अगाडीको बाटोको खोजीमा लागिन् । र आफ्नो आमाको कफी पसलमा आमालाई सहयोग गर्न थालिन् ।

सन् १९९० को दशकबाट प्रयोगमा आएको शब्द हिस्टेरिक म्युटिजमको अर्थ हो – जब शरीरमा सबैकुरा सामान्य हुन्छ तर घाँटीको तन्त्रमा केही गडबडी आउँछ । कतिपटक व्यक्तिले जानीजानी कुरा नगर्ने पनि मान्यता राख्छन् ।

म्यारी भन्छिन्, ‘न त म जिद्दी थिएँ न नै म चुप बस्न चाहन्थेँ । म कसैलाई पनि केही भन्न सकिरहेको थिइनँ । फोनमा कुरा गर्नु असम्भव भएको थियो र यदि समस्यामा फसेको खण्डमा चिच्याउन पनि सक्दिनथेँ ।’

उनका अनुसार एकपटक उनी आफ्ना साथीहरुसँग पहाडबाट तल झर्दै गर्दा बीचमा फसेकी थिइन् तर कसैलाई मद्दतका लागि बोलाउन सकिनन् । बिस्तारै उनले सिकिन् कि उनले अत्यधिक सावधानी अपनाउनु पर्नेछ ।

विस्तारै आफ्नो जीवन अगाडी बढाउदै थिइन् म्यारी । फेरी एकदिन चमत्कार भयो !

एक सिक्काले बदलेको थियो जीवन

म्यारी जब २५ वर्षको भईन उनको स्वास्थ्य अवस्था अत्यन्त खराब भयो । उनी भन्छिन् ‘मलाई असाध्यै धेरै खोकी लाग्यो र मुखबाट रगत निस्कन थाल्यो । मलाई लाग्यो कि अब म मर्छु । मलाई अनुभव हुन थाल्यो कि मेरो घाँटीमा केही अड्किएको छ ।’

‘मेरो एक सहयोगीले मलाई अस्पताल लगिदियो । डाक्टरले चेक गरेपछि थाहाँ भयो कि मेरो घाँटीमा चुईगमको टुक्रा जस्तो केही अड्किएको छ ।’
‘डाक्तरले त्यो टुक्रालाई बाहिर निकाल्यो र तब मात्रै थाहाँ भयो कि यो तीन पेन्सको एक सिक्का थियो ।’

यो सिक्का म्यारीको ध्वनी यन्त्रको नजिक अड्केको थियो । जसको कारण आवाज नै निस्कन बन्द भयो । यही कारण म्यारी १२ वर्षसम्म आवाज विहीन् भईन् । सिक्का निकालेपछि उनको आवाज फर्कियो ।

म्यारी भन्छिन् ‘वार्षैपछि मेरो गलाबाट आवाज निस्कदा मलाई विश्वास नै लागेन् । मलाई लाग्यो मेरो साथ कोई मजाक गरिरहेको छ ।’ डाक्टरका अनुसार म्यारीको गलामा यो सिक्का यसरी अड्किएको थियो कि एक्स रे मेसिनले पनि यसलाई देख्न गाह्रो थियो ।

आवाज आएपछि म्यारीले सबैभन्दा आमासंग फोनमा कुरा गरिन् । जुलाई २०१९ मा म्यारीद्धारा लेखिएको किताब ‘भ्वाइसलेस’ (अर्थात आवाज नभएको ) किताब प्रकाशित भयो । जसमा उनले आफ्नो अनुभव लेखेकी छिन् ।

जुन सिक्का उनको घाँटीमा अड्केको थियो त्यो सिक्का उनले आजसम्म पनि सुरक्षित राखेकी छिन् । त्यो सिक्कलाई उनले ब्रास्लेट बनाएर हातमा लगाएकी छिन् । (बीबीसीबाट अनुवादित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here