सिड्नीमा बिक्की गुरुङको लाईभ कन्सर्ट

काठमाडौं । गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् । कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा माघ १० गते अर्थात जनवरी २४ मा लाईभ कन्सर्ट गर्न लागेका हुन् ।

कार्यक्रम अष्ट्रेलियाको सिड्नी स्थित सार्क होटलमा हुनेछ । यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिकालगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् ।

स्टेजमा ईनर्जिका साथ प्रस्तुतीदिने बिक्कीलाई लाईभमा औधी रुचाईने आयोजकहरु बताउँछन् । व्यवस्थापक बिक्रमका अनुसार यो कन्सर्ट बिशेष हुनेछ ।

थुप्रै सांगीतिक कार्यक्रमको व्यवस्थापक रहेका बिक्रमले बिक्की गुरुङ्गको कार्यक्रमलाई नेतृत्वगर्न पाउँदा खुसी लागेको बताए । युवा पुस्ताको मनामा बस्न सफल गुरुङ मरीजाउ, केवल, मरीजाउ २ लगायतका गीत चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here