बिग बास: सन्दीपको उत्कृट बलिङ

काठमाडौं, १ माघ । बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अहिले सम्मकै उत्कृट बलिङ गरेका छन् ।

सन्दीपको यो सिजनकै उत्कृट बलिङले बुधबार पर्थ स्कोर्चर्स सस्तैमा अलआउट भएको छ । पर्थलाई कमजोर स्कोरमा अलआउट गर्ने क्रममा नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए ।

सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र ३ रन खर्चिए । नवौं ओभरमा दोस्रो ओभर फ्याँकेका उनले जम्मा ४ रन खर्चेर विपक्षीलाई दबाबमा राखे ।

सन्दीपले १३ औं ओभरमा उत्कृष्ट बलिङ गर्दै मेलबर्नलाई खेलमा बलियो स्थितिमा ल्याए । पहिलो दुई बल डट राखेका उनले तेस्रो बलमा क्रिस जोर्डनलाई बेन डंकको हातबाट क्याच गराए ।

लगत्तै अर्को बलमा उनले झाई रिचार्डसनलाई बोल्ड गर्दै ह्याट्रिकको अवसर पाए । त्यसपछि लगातार दुई बल डट फ्याँक्दै उनले ह्याट्रिक लिन नपाएपनि विकेट मेडन हासिल गरे । यस सिजन सन्दीपले ९ खेलमा ११ विकेट हात पारिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here