देशैभरको मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २ माघ । देशैभरको मौसम बदली भएको छ । वर्षा र हिमपात गराउने शक्तिशाली पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको छ । ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबारदेखि भने मौसममा सुधार हुनेछ ।

कस्तो रहन्छ आगामी तीनदिन
माघ २ गते (बिहिबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भूभाग लगायत पूर्वी पहाडी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखीन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी-हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशको मध्य तथा पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पुर्वी पहाडी भूभागका थोरै स्थानहमा हल्का वर्षाको सम्भावना रहेको छ।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भूभागमा सामान्य देखि पुर्ण बदली रहनेछ। साथै पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखी सामान्य बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभाबना रहिको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकि भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागमा थोरै स्थानमा हल्का वर्षा हुने देखीन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशभर आंशिक बदलि भइ देशका एक दुइ स्थानमा हल्का बर्षा हुन सक्ने संभाबना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नु हुन सर्वसाधारण जनताहरुलाइ अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here