दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव’ सम्पन्न

दोधारा,२ माघ । दोधारा चाँदनीमा माघी मिलन महोत्सव–२०७६ सम्पन्न भएको छ् । माहाकाली नगरपालिका वडा नं। ७ स्थित रहेको बौद्ध बिहार संरक्षण केन्द्रमा आज भब्यताको साथ माघी मिलन महोत्सव सम्पन्न भएको हो ।

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीको आयोजनामा बिशेष कार्यक्रम सहित माघी मिलन सम्पन्न भएको आदीबासी जनजाती नगर समन्वय परिषद् दोधारा चाँदनीका अध्यक्ष रामचन्द्र थापा मगरले जनाए ।

माघी मिलनका अवसरमा माहाकाली नगरपालिकामा जनजाती समुदायहरुले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको हो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले माघी मिलनको अवसरमा सवैले एक आपसमा माया प्रेमका साथ मनाउनु पर्ने वताए । ब्राम्हण, क्षेत्री, मगर सबैले सद्भावका साथ माहाकाली नगरपालिकामा मनाउदै आएको माघी मिलनले समाजमा सदभाव फैलाउन सहयोग गर्ने अपेक्षा राखिएको छ् ।

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीको आयोजनामा माहाकाली नगरपालिकामा संचालन गर्दै आएको माघी मिलन कार्यक्रम जनजातीको सँस्कृतिक पहिचान झल्काउने पोशाक लेहंगा चोली, गहना लगाएतको जनजातीको पहिचान खुल्ने प्रकारको लुगा लगाएर महिला तथा पुरुषहरु माघी मिलन कार्यक्रममा उत्सहापुर्वक उपस्थिती भएका थिए ।

नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीका सल्लाहकार बेल बहादुर रानाले बदलिदो समयमा पनी स्थानिय युवाहरु आÏनो कला संस्कृती जोगाउन लागी परेकोमा खुशी ब्यक्त गरेका छन् । जनजातीहरु कला संस्कृती लोप हुने हो की भन्ने सन्दर्भमा चिन्ता ब्यक्त गर्दै संरक्षणमा युवाहरु अब जाग्नु पर्ने नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीका सल्लाहकार बेल बहादुर रानाको भनाई रहेको छ् ।

माघी मिलन कार्यक्रमका सभापती नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीका अध्यक्ष रामचन्द्र थापा मगर रहेका थिए भने प्रमुख अतिथीमा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए ।

अतिथीमा माहाकाली नगरपालिकाका वडा अध्यक्ष, नेपाल मगर संघका पुर्व बरिष्ठ उपाध्यक्ष कृती बहादुर थापा, नर बिर पुन मगर, नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चा“दनीको पुर्व अध्यक्ष जय कुमार लिम्बु रहेका थिए । कार्यक्रममा बोल्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले माहाकाली नगरपालिका कार्यालयले बौद्ध संरक्षण केन्द्र निमार्णको लागी केही बजेट छुट्याएको र आगामी दिन बौद्ध संरक्षण केन्द्रमा भगवान बौद्धको ठुलो मुर्ती स्थापना गरि सास्कृतीक तथा धार्मिक संग पर्यटकिय क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन् ।

माहाकाली नगर क्षेत्रमा जनजातीहरुको समेत बाहुल्यता रहदै आएको बताउदै नगरको पर्यटकिय क्षेत्रकोरुपमा पहिचान गराउन जनजातीहरुको घना बस्तीमा होमस्टेय समेत निमार्ण गर्ने माहाकाली नगरपालिकाको योजना रहेको उनले बताएका छन् ।

माघी मिलनको अवसरमा सबै नेपाली दाजू भाई तथा दिदी बहिनीहरुमा माघीको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा जनजातीका बिभिन्न परिकार संग नृत्य समेत प्रस्तुत गरिएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चा“दनीका अध्यक्ष रामचन्द्र थापा मगरले बताएका छन् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चा“दनीका पुर्व अध्यक्ष होम बहादुर थापाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तब्य पार्वती थापा मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here