मेगा क्यापिटललाई कारोबारको अनुमति

काठमाडौं, २० चैत । मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ व्यवसायको अनुमति पाएको छ ।

कम्पनीले सोमबार नेपाल धितोपत्रबोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्रीप्रबन्ध, धितोपत्रप्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्तामर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।

ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूलउद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले जानकारी दिए ।

केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here