दुई बच्चासहित दम्पती नै त्रिशुलीमा हामफाले,श्रीमतीको मृत्यु, दुवै बच्चा बेपत्ता

धादिङ, २ माघ । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट बिहीबार साँझ दुई बच्चासहित दम्पती त्रिशुली नदीमा हाम फालेका छन्। प्रहरीका अनुसार महिला मृत फेला परेकी छन् भने दुबै बच्चा बेपत्ता भएका छन्।

बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको प्रहरीले जनाएको छ । श्रीमानको भने तत्कालै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–५ थानकोट घरभइ ध्याल्चोकस्थित ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन् । बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here