देशभर कतै वर्षा, कतै हिमपात, मौसममा सुधार कहिलेदेखि ?

काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै वर्षा भैरहेको हो । देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा सहित हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाले काठमाडौंका सडक भिजेका छन् भने खाल्डाखुल्डीमा पानी जमेका छन्। पिच नभएका सडक हिलाम्मे भएका छन्।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here