बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छुटको व्यवस्था

काठमाडौं, ३ माघ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न उदेश्यले रेबान (रेष्टुरेनट एण्ड बार एसोसिएसन) ले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को गर्ने भएको छ। रेबानले पर्यटकीय स्थल बन्दीपुरमा यही माघ १७ र १८ गते महोत्सव गर्न लागेको जानकारी दिएको हो।

रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरी, प्रायोजकहरुमा जावलाखेल ग्रुप आफ कम्पनी, नेपाल डिस्टिलरी रहेको छ।

खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ। नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशाल भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here