बन्द भयो गुगल प्लस, इनबक्स र सर्टनर सर्भिस पनि बन्द

गुगलले कुनै समय फेसबुकलाई टक्कर दिने सोच सहित ल्याएको सामाजिक सञ्जाल गुगल प्लस मंगलबार देखि बन्द भएको छ ।

सन् २०११ बाट सुरु गरिएको गुगल प्लस अपेक्षित सफलता नपाएपछि संकटमा परेको थियो ।

प्राविधिक त्रुटीको कारण पाँचलाख भन्दा धेरै प्रयोगकर्ताको व्यक्तिगत सूचना चोरी भएपछि गुगलले गत वर्षदेखि नै गुगल प्लस बन्द गर्ने बताउँदै आएको थियो ।

यसैगरी गुगलले इमेल एप इनबक्स पनि मंगलबार देखि नै बन्द गरेको छ । यसका केही खास विशेषतालाई जीमेल एपमा जोडिने बताउँदै उसले सबै प्रयोगकर्तालाई यसबारेमा नोटिफिकेसन पठाएको छ ।

यस्तै, गुगलले ३० मार्चबाट युआरएल शर्टनर सर्भिस बन्द गरेको थियो । सन् २००९ बाट सुरु भएको शर्टनर टुलबाट कुनै पनि लामो लिंकलाई छोटो बनाउन सकिन्थ्यो ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here